News आरसी ३२ एफएलाई चन्द्र स्मृति कपको उपाधि
गोलनेपाल

मेहेलकुना । चन्द्र स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आरसी ३२ फुटबल एकेडेमी, सुर्खेतले जितेको छ । शुक्रबार हुने भनिएको फाइनल खेल अन्तिम समयमा आएर प्रतिकुल मौसमका कारण एक दिन पछि सारिएको थियो ।

जसअन्तरगत शनिबार सुर्य ज्योति माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा आरसी ३२ ले आयोजक श्रृजनशील युवा क्लबलाई २–१ ले हराउँदै विजेता बन्न सफल भएको हो । विजेता बनेको आरसी ३२ एफएले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्यो भने उपविजेता श्रृजनशीलले २ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी उप–प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का लगायतका अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

श्रृजनशील युवा क्लब, मेहेलकुनाको आयोजनामा भएको प्रतियोगितामा कुल १९ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments