News केरलाको जितमा साबित्राको पाँच गोल
गोलनेपाल

काठमाडौं । हिरो वुमन्स लिगको नयाँ सिजनतर्फ साविक विजेता गोकुलम केरलाले शानदार शुरुवात गरेको खेलमा नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले ह्याट्रिकसहित पाँच गोल गरेकी छिन् । समूह ए तर्फको आफ्नो पहिलो खेलमा केरलाले इस्ट बंगाल एफसीमाथि ८–२ को को शानदार जित दर्ता गर्यो ।

ट्रान्सस्टेडियामा भएको खेलमा केरलाका लागि साबित्राले गरेको पाँच गोल बाहेक इन्दुमती कथिरेसन, कप्तान दाङमी ग्रेस र विवियन कोनाटी अडजेइले एक–एक गोल गरेकी थिईन् । यी तीनै गोलका लागि पनि साबित्राले महत्वपूर्ण भूमिका खेलेकी थिईन् । उता पराजित इस्ट बंगलाका लागि भने तुलसी हेम्ब्रम र रिम्पा हल्दरले गोल गरेकी थिईन् ।

समूह ए कै अर्को खेलमा मुम्बई नाईट एफसीले कहानी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । मुम्बईको जितमा प्रियंकाले एक मात्र गोल गरिन् ।

 

Post Comments