News माछापुच्छ्रेमा सेभेन ए साईड फुटबल प्रतियोगिता हुने
गोलनेपाल

माछापुच्छ्रे । खोरामुख फुटबल स्पोर्टस ब्रदर्श, माछापुच्छ्रे गाउँपालिका–८, खोरामुख, कास्कीको आयोजनामा यही बैशाख २२ रु २३ गतेका दिन माछापुच्छ्रे गाउँपालिका क्लबस्तरीय सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

माछापुच्छ्रे गाउँपालिका–६, भिडावारी स्थित श्री वराह माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही बैशाख २१ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३ हजार तोकिएको पनि खेल संयोजक पारसमान गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी विधागततर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments