News
मकवानपुरलाई छैठौं गोलबजार मेयर गोल्डकपको उपाधि
गोलबजार । उत्कृष्ट जितका साथ छैठौं गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मकवानपुर–११ ले जितेको छ ।
गोलबजार एकिकृत ग्राममा भएको उपाधि भिडन्तमा मकवानपुरले सलहेश युवा क्लब, सिरहालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको मकवानपुरले उपाधिसहित नगद २ लाख ५१ हजार हात पारेको छ भने उपविजेता सलहेशले नगद १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बनेको छ ।
गोलबजार नगरपालिका, सिरहाको आयोजनामा बैशाख ९ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News