News आर्मीका बिकास लामो समय मैदान बाहिर रहने
गोलनेपाल

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका महत्वपूर्ण सदस्य तथा युवा डिफेन्डर बिकास खवास लामो समय मैदान बाहिर रहने तय भएको छ । यो कुराको पुष्टी आर्मी क्लबले समेत गरेको छ ।

ए डिभिजन लिगतर्फ दशौं चरणको खेलतर्फ मनाङ मस्र्याङ्दी क्लब विरुद्ध खेल्ने क्रममा बिकास घाइते भएका थिए । उनको बी एण्ड बी अस्पतालमा सफल शल्यक्रिया भएको छ ।

यद्यपि बिकासले लिगका बाँकी सबै खेलहरु र आउँदै गरेको साफ च्याम्प्यिनसिप पनि गुमाउने निश्चित भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जोअल्बर्टो एनेसले ुसाफ च्याम्पियनसिपका लागि अहिले नै राष्ट्रिय टोलीको फाइनल स्क्वाड घोषणा नगरे तापनि बिकास सम्भवत टोलीमा पर्ने सम्भावना बलियो र निश्चित प्रायः थियो ।

तर, चोटिल बिकास अब लामो समय मैदान बाहिर रहने निश्चित छ । यद्यपि आर्मी क्लबले उनी कति समय मैदान बाहिर रहने हुन यसबारे खुलाएको छैन ।

Post Comments