News १४औं साफ च्याम्प्यिनसिपको नयाँ टोली कुवेत
गोलनेपाल

काठमाडौं । यस वर्ष हुन गईरहेको दक्षिण एसियाको प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपमा गल्फ राष्ट्र कुवेतले पनि सहभागिता जनाउने तय भएको छ । यो कुराको पुष्टी दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पनि आधिकारिक रुपमा गरेको छ ।

आउँदो २१ जुनदेखि ३ जुलाईसम्म भारतको बैंगलुरुमा हुन गईरहेको १४औं साफ च्याम्यिनसिपमा यसअघि आमन्त्रित टोलीका रुपमा मलेसिया र साउदी अरबको ओलम्पिक टोली आउने चर्चा पनि थियो । तर ती दुई टोलीको सहभागिता अन्तिम समयमा आएर सम्भव भएन ।

हाल फिफा वरियताको १४३औं स्थानमा रहेको कुवेतले सन् १९८० मा एसियन कपको उपाधि जितेको थियो भने त्यसको दुई वर्षपछि स्पेनमा सम्पन्न फिफा विश्वकप पनि खेलेको थियो ।

यसपटक साफ च्याम्पियनसिपमा दक्षिण एसियाका श्रीलंका बाहेक अन्य सबै टोलीको सहभागिताबारे टुंगो लागिसकेको छ । श्रीलंका हाल फिफाको प्रतिवन्धमा छ ।

स्मरण रहोस, आयोजक भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो । त्यस्तै नेपाल भने गत संस्करणको उपविजेता हो ।

Post Comments