News पथरी शनिश्चरे उपमेयर महिला गोल्डकपको फाइनलमा
गोलनेपाल

उदयपुर । साँघुरो जितका साथ पथरी शनिश्चरे महिला फुटबल क्लब, मोरङ यहाँ जारी उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा पथरी शनिश्चरेले नमोबुद्ध युवा क्लब, सप्तरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

थरुहट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा पथरी शनिश्चरेका लागि सुप्रिया मियाले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता सुप्रिया नै खेलको प्लेयर अफ द म्याच समेत घोषित भईन् ।

पथरी शनिश्चरेले अब बैशाख २३ गते हुने फाइनलमा दावेदार मानिएको अल इन वान क्लब, झापासँग उपाधिका लागि भिड्ने छ ।

उदयपुर जिल्ला फुटबल संघ, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments