शिवसताक्षी नगरपालिकाको माइधारमा नगरस्तरीय भेट्रान फुटबल प्रतियोगिता र अन्डर १५ युथ फुटबल प्रतियोगिता हुने भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित केनए स्पोर्टिङ्ग क्लबको आयोजनामा जेठ ६ गतेदेखि १५ गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगितामा शिवसताक्षीका ११ वटा वडाहरुले सहभागिता जनाउने बताइएको छ ।
एकैदिन भेट्रान र अन्डर १५ युथका खेल खेलाइने केनके स्पोर्टिङ्ग क्लबका अध्यक्ष डिगम पराजुलीले जानकारी दिए । नगरपालिकामा खेलको बृहत विकास र विस्तार गरी खेलाडीको क्षमता बृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन हुन लागेको खेलकुद संयोजक राजकुमार बस्नेत (सविन)ले बताए ।
प्रतियोगितामा भेट्रानतर्फ विजयी टिमले नगद ४१ हजार र उपविजेता टिमले २६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै, अन्डर १५ तर्फका विजेता टिमले नगद २१ हजार र उपविजेता टिमले १५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
खेलको प्रमुख प्रायोजक शिवसताक्षी १० नमबर वडा कार्यालय र सहप्रायोजक ११ नम्बर वडा कार्यालय रहेको आयोजकले जनाएको छ । प्रतियोगिता केनके स्पोर्टिङ्ग क्लबको खेल मैदान माइधारमा हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा