News मुगुमा प्रथम उपाध्यक्ष गोल्डकप हुने
गोलनेपाल

सोरु । ‘खेलकुद क्षेत्रमा सोरुको अभियान, क्षमतावान खेलाडीको वास्तविक पहिचान’ भन्ने नाराका साथ सोरु गाउँपालिका, जिमा, मुगुको आयोजनामा आगामी जेठ २० देखि २७ गतेसम्म प्रथम उपाध्यक्ष गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सोरु गाउँपालिका–६ स्थित पोग्री खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि जेठ ५ देखि १४ गतेसम्म टिमदर्ता पनि खुला रहने आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ३ हजार ५ सय तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई पनि नगद ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

Post Comments
Advertisement Yamaha Nepal