News उम्रोको 'रोड टू वेस्ट ह्याम’ योजना अन्तर्गत दुई विजेताले इब्लिस प्रिमियर लिगको खेल प्रत्यक्ष हेरे
गोलनेपाल

उम्रोको 'रोड टू वेस्ट ह्याम’ योजना अन्तर्गत दुई विजेताले इब्लिस प्रिमियर लिगको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका छन् ।

उम्रोसँगको सहकार्यमा भाटभटेनी सुपरमार्केटले सञ्चालन गरेको 'रोड टू वेस्ट ह्याम’ योजना अन्तर्गत भक्तपुरका अनमोल श्रेष्ठ र पोखराका सुजन रेग्मी लक्की ड्रमार्फत छनोट भएका थिए ।

दुई भाग्यशाली विजेताले मे ५ देखि मे १० सम्म लण्डन पुगेर वेस्ट ह्याम र म्यानचेस्टर युनाईटेडको खेल प्रत्यक्ष हेरेका थिए । विजेताको लण्डनसम्मको दुईतर्फी ह्वाई भाडा, पाँच दिनको बस्ने, खाने ब्यवस्था सहित यात्राको सम्पुर्ण खर्च भाटभटेनी सुपरमार्केटले उपलब्ध गराएको थियो । भाटभटेनीका १४ वटा स्टोरबाट उम्रोका सामान लिने ग्राहकलाई यस योजनामा समावेश गरिएको थियो ।

उम्रोको यो योजना जनवरी २७ देखि मार्च ३० सम्म भाटभटेनीका १४ वटा सुपर मार्केट र डिपार्टमेन्टल स्टोरमा सञ्चालन गरिएको थियो । फुटबल र आम मानिसको जिवनशैलीसँग जोडिएको उम्रोलाई नेपालमा आधिकारिक रुपमा भाटभटेनी सुपर मार्केटले बिक्री वितरण गर्दै आएको छ ।

उम्रो भाटभटेनीको वीरगञ्जमा खोलिएको नयाँ स्टोर सहित १५ वटा सुपरमार्केटमा उपलब्ध छ । उम्रोले फुटबलको विश्वस्तरको सामाग्री र जिवनशैलीसँग जोडिएको सामान उपलब्ध गराउँदै आएको छ ।

Post Comments