News मच्छिन्द्रलाई खुमलटार, संकटालाई शेर्पाको चुनौति
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार दुई महत्वपूर्ण खेलहरु हुँदै छन् । एन्फा कम्प्लेकसमा ३ बजेदेखि शुरु हुने खेलमा तेस्रो स्थानको टोली मच्छिन्द्र र पुछारको टोली खुमलटार भिड्दै छन् ।

१७ खेलबाट २७ अंक जोड्दै तेस्रो स्थानमा रहेको मच्छिन्द्रले आज जित हात पार्न सके शिर्षताको होडमा आफ्नो चुनौतिलाई पनि बलियो बनाउने छ र ३१ अंकका साथ शिर्ष स्थानमा रहेको लिगलिडर जावलाखेलसँगको दुरी पनि छोट्याउने छ । उता १७ अंकका साथ पुछारमा रहेको खुमलटारलाई आज आफु अनुकुल नतिजा निस्किए रेलिगेशन क्षेत्रबाट बाहिरिने सम्भावना पनि छ । यस अर्थमा आज मच्छिन्द्रलाई खुमलटार विरुद्ध अंक बटुल्न संघर्ष गर्नुपर्ने अनुमान गरिएको छ ।

त्यस्तै दशरथ रंगशालामा ३ बजेदेखि न ै शुरु हुने अर्को खेलमा संकटा क्लब र हिमालयन शेर्पा कलब भिड्दै छन् । २० अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १२औं स्थानमा रहेको संकटालाई आज साख जोगाउने चुनौति पनि हुनेछ । उता २१ अंकका साथ दशौं स्थानमा रहेको शेर्पा भने संकटाविरुद्ध कडा प्रतिद्वन्द्वी बन्ने निश्चित छ । समग्रमा आजका दुवै खेलहरु रोमाञ्चक हुने अनुमान गरिएको छ ।

Post Comments