News रुपन्देहीमा डिवाइसी कप शुरु
सुरज राना मगर

सियारी । दुर्गा युवा क्लब, सियारी–१, कोटहीमाईको आयोजनामा सोमबारदेखि शुरु डिवाइसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भएका छन् ।

सियारी–१ स्थित कोटहीमाई खेलमैदानमा भएको उद्घाटन खेलमा रेसुङा फुटबल क्लबले देवदह ब्वाईजलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने रेसुङाले ३–२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

त्यस्तै दोस्रो खेलमा आयोजक दुर्गा युवा क्लब (डिवाइसी) ‘बी’ ले गोर्खा–११ लाई टाईब्रेकर मै पराजित गर्यो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । पेनाल्टी शुटआउटमा भने डिवाइसीले नतिजा २–१ ले आफ्नो पक्षमा पारेको थियो ।

स्थानीयस्तर मै फुटबल प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा कुल २४ टोलीहरुले सहभागिता जनाएको प्रचार प्रसार संयोजक सुबिन बिकले बताए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक यम क्षेत्रीले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments