News तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकप: जनसहयोग युथ क्लब मोरङले सप्तरीको नवबुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्ने
रमेश समदर्शी

झापाको बिर्तामोडमा जारी तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आज (मंगलबार) अन्तिम क्वाटरफाइनल खेल हुँदैछ ।

जसमा जनसहयोग युथ क्लब मोरङले सप्तरीको नवबुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा हिजो भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली दार्जीलिङको युकेएफसीलाई २-० गोलअन्तरले पराजित गर्दै इलामको रेडहर्ष एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै, उद्घाटन खेलमा आयोजक न्यू स्टार क्लबले ताप्लेजुङ जिल्ला फुटबल क्लबलाई २-१ गोलले पराजित गरेर अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । दोस्रो क्वाटरफाइनल खेलमा बराहक्षेत्र ११ सुनसरीले भुटानको डिएसएलाई पराजित गरेको थियो । गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ ।

गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।

Post Comments