News सरु र रेनुकाको टोली किकस्टार्ट सेमिफाइनलमा, रेखाको टोली ओडिसा नकआउट
गोलनेपाल

काठमाडौं । नेपालकी सरु लिम्बु र रेनुका नगरकोटी आवद्ध किकस्टार्ट फुटबल क्लब जारी हिरो इण्डियन वुमन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबारदेखि शुरु पहिलो क्वाटरफाइनलतर्फ किकस्टार्टले होप्स फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

अहमदाबाद स्थित ट्रान्सस्टाडियामा भएको खेलमा किकस्टार्टका लागि कविया पाकिरिसामी र एलिजावेथ काटुङ्वाले गोल गरिन् । उता पराजित होप्सका लागि रितु रानीले गोल फर्काएकी थिईन् । खेलमा सरु र रेनुका दुवैले किकस्टार्टका लागि पहिलो रोजाई मै रहेर खेलेका थिए ।

किकस्टार्टले सेमिफाइनलतर्फ १९ मईका दिन आजै हुने तेस्रो क्वाटरफाइनलतर्फ सेथु एफसी र इष्ट बंगाल एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

रेखा पौडेलको टोली ओडिसा नकआउट

त्यस्तै मंगलबार नै शाहीबाग पुलिस स्टेडियममा भएको दोस्रो क्वाटरफाइनलतर्फ रेखा पौडेलको टोली स्पोर्टस ओडिसाले इष्टर्न स्र्पोटिङ युनियनसँग टाईब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरी टुंगिएपछि टाईब्रेकरमा ओडिसा २–४ ले पराजित हुन पुगेको हो । अब इष्टर्न स्र्पोटिङले १९ मईका दिन हुने दोस्रो सेमिफाइनलतर्फ मंगलबार नै हुन गईरहेको चौथो क्वाटरफाइनलतर्फका दुई बलिया टोली गोकुलम केरला र ओडिसा एफसीबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments