News वार्ड अध्यक्ष कपमा रानीगंजको विजयी शुरुवात
सुरज राना मगर

भलुही । बुद्ध स्पोर्टस क्लब, देवदह–१०, भलुहीको आयोजनामा शुरु प्रथम वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितामा रानीगंज फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

देवदह–१०, भलुही स्थित बयरडाँगा खेलमैदानमा भएको उद्घाटन खेलमा रानीगंजले आयोजक बुद्ध स्पोर्टस क्लब (निलो) लाई ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा पराजित बुद्ध स्पोर्टसका केशव पराजुली म्यान अफ द म्याच घोषित भए ।

जेठ १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल २८ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक केशव पराजुलीले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक पराजुलीले जानकारी दिए ।

 

Post Comments