News एन्फा दाङ प्रेसिडेन्ट कप हुने
सुरज राना मगर

दाङ । जिल्ला फुटबल संघ, दाङ र जिल्ला फुटबल रेफ्री संघ, दाङको संयुक्त आयोजनामा यही जेठ १२ गतेदेखि एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।

तुल्सीपुर स्थित अरनिको खेलमैदान र नारायणपुर स्थित विपी वाटिका खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । त्यस्तै यही जेठ १० गतेसम्म इच्छुक विदालयहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको पनि रेफ्री संघ, दाङका सचिव खुम वलीले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला फुटबल संघ, दाङका अध्यक्ष संजात धितालले बताए । त्यसैगरी व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष धितालले जानकारी दिए ।

विद्यालयस्तरबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

Post Comments