जनसहयोग युथ क्लब मोरङ झापाको बिर्तामोडमा जारी तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
उसले सप्तरीको नव बुद्ध युथ क्लबमाथि गोलवर्षा गदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा मोरङले ५-० गोलअन्तरमा जित निकालेको हो ।
मोरङका लागि विदेशी खेलाडी ओस्कारले व्यक्तिगत २ गोल गरे भने अर्का विदेशी खेलाडी ग्लोरी, सतिन मगर र विशाल मगरले समान १-१ गोल गरे । खेलको सुरुवातीदेखि नै दबाबमा रहेको सप्तरीले केही राम्रा मुभ बनाउन सफल भए पनि गोलको खाता भने खोल्न सकेन । खेलको ४ मिनेटमै ग्लोरीले मोरङका लागि पहिलो गोल गरेका थिए । यस्तै, अर्का विदेशी खेलाडी ओस्कारले खेलको ३७औँ र ५१औँ मिनेटमा गोल गरेर फराकिलो अन्तर निकाले । यसअघि सतिन मगरले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए । एकतर्फी गोलको वर्षा भइरहेको खेलमा फेरि मोरङकै विशाल मगरले खेलको ७२औँ मिनेटमा गोल गरेर ५-० गोलको नतिजा निकाले ।
गोल्डकपको फराकिलो नतिजा सेमी समिकरण खेलमा भएको हो । खेलको म्यान अफ दी म्याच मोरङका लागि ओस्कार घोषित भए । उनलाई बिर्तामोड नगरपालिकाका ५ नम्बर वडाध्यक्ष रोहित प्रसाईंले नगद ३ हजार र ट्रफी प्रदान गरे । यस खेलको समाप्तिसँगै आयोजक न्यू स्टार क्लबले इलामको रेडहर्ष एफसीसँग भोलि पहिलो सेमिफाइनल खेल खेल्नेछ भने आजको विजेताले मोरङले सुनसरीको बराहक्षेत्र ११ सँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ । गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक