News नेपाल कमर्स क्याम्पस फाइनलमा
गोलनेपाल

धरान । सहज जितका साथ नेपाल कमर्स क्याम्पस, काठमाडौं यहाँ जारी १५औं टियु बिबिए कप अन्तरक्याम्पस नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल कमर्स क्याम्पसले महेन्द्र बहुमुखी क्याम्पस, दाङलाई ४–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । धरान रंगशालामा भएको खेलमा नेपाल कमर्सका लागि राजकुमार थारुले दुई गोल गरे भने सम्राटदिप राउत र सन्तोष केसीले एक–एक गोल गरे । त्यस्तै उता पराजित महेन्द्र बहुमुखीका लागि सुशील थापा क्षेत्रीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

प्रतियोगिता अन्तरगत जेठ ४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल शंकरदेव क्याम्पस, काठमाडौं र पृथ्वीनारायण क्याम्पस, पोखराबीच हुने आयोजकले जानकारी दियो ।

महेन्द्र बहुमुखी क्याम्पस, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ ५ गतेका दिन हुनेछ ।

Post Comments