News अर्जेन्टिनामा फिफा यु–२० विश्वकप आजदेखि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । विश्व फुटबलमा स्टार खेलाडीहरु उत्पादन गर्ने शुरुवाती स्टेजका रुपमा रहेको प्रतिष्ठित फिफा यु–२० विश्वकपको २३औं संस्करण आजदेखि अर्जेन्टिनामा शुरु हुँदैछ । खासगरी सन् २०२१ मा आयोजना हुने भनिएको यो प्रतियोगिता कोभिड–१९ महामारीका कारण स्थगित भई दुई वर्ष पछि सारिएको थियो ।

साथै यसअघि प्रतियोगिताको आयोजना अधिकार एसियाली इण्डोनेसियाले पाए तापनि इजरायलको सहभागितालाई लिएर इण्डोनेसियामा व्यापक विरोध प्रदर्शन भएपछि यसै वर्षको मार्चमा फिफाले इण्डोनेसियाबाट सो आयोजना अधिकार खोसेर अर्जेन्टिनालाई दिएको थियो ।

आउँदो जुन ११ तारीखसम्म चल्ने प्रतियोगितामा ६ महादेशका २४ देशहरुले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको पहिलो दिन समुह ए तर्फ ग्वाटेमाला र न्युजिल्याण्ड भिड्दै छन् भने सोही समूहको अर्को खेलमा आयोजक अर्जेन्टिना र एसियाली देश उज्वेकिस्तान आमने सामने हुँदैछन् ।

त्यस्तै समूह बी तर्फ अमेरिका र इक्वेडर भिड्दै छन् भने सोही समूहको अर्को खेलमा फिजि र स्लोभाकिया भिड्ने छन् । युक्रेन प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो भने एसियाली राष्ट्र दक्षिण कोरिया उपविजेता टोली ो ।

Post Comments