News १९औं चरणको अन्तिम खेलमा थ्रीस्टार र सातदोबाटो भिड्दै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको १९औं चरणको अन्तिम खेलमा शनिबार शिर्ष पाँचका दुई टोली थ्रीस्टार क्लब र सातदोबाटो युथ क्लब भिड्दै छन् । दशरथ रंगशालामा बेलुका ६ बजेदेखि शुरु हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

१८ खेलबाट समान २६–२६ अंक जोडेका सातदोबाटो र थ्रीस्टार क्रमशः चौथो र पाँचौं स्थानमा छन् । आजको खेलमा दुवै टोलीका लागि निश्चित जित निकाल्नु भनेको शिर्ष तीनको होडमा आफूलाई कायम राख्नु हुनेछ । आज निश्चित जित हात पार्ने सके दुवै टोलीलाई शिर्ष तीनको टोलीमाथि दबाब कायम राख्ने मौका पनि मिल्नेछ ।

हाल लिगलिडर चर्च ब्वाईज युनाइटेडभन्दा दश अंकले पछाडी यी दुई टोलीले आज निश्चित जित हात पार्न सके अंक दुरी पनि छोट्याउन सफल हुनेछन् । यस अर्थमा पनि यी दुई टोलीको लागि आजको खेल महत्वपुर्ण रहनेछ ।

Post Comments