News शंकरदेवलाई टियु बिबिए कपको उपाधि
गोलनेपाल

धरान । यहाँ सम्पन्न १५औं टियु बिबिए कप अन्तर क्याम्पस नकआउट फुटबल प्रतियोगिताको उपाधि शंकरदेव क्याम्पस, काठमाडौंले जितेको छ । शनिबार सम्पन्न भएको उपाधि भिडन्तमा शंकरदेवले नेपाल कमर्स क्याम्पस, काठमाडौंलाई टाईब्रेकरमा ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको शंकरदेवले उपाधिसहित नगद १ लाख हात पारेको छ भने उपविजेता नेपाल कमर्स क्याम्पसले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस, धरानको आयोजनामा बैशाख २६ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपालभरिका कुल १७ क्याम्पसहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

Post Comments