News सातदोबाटोसँग निराश बन्यो थ्रीस्टार
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शिर्ष पाँचको होडमा रहेका दुई टोली सातदोबाटो युथ क्लब र थ्रीस्टार क्लबबीच शनिबार भएको एक मात्र खेलमा सातदोबाटोले बाजी मारेको छ । दशरथ रंगशालामा भएको १९औं चरणको एक मात्र खेलमा सातदोबाटोले थ्रीस्टारलाई २–० ले हरायो ।

लिगमा सातदोबाटोको यो आठौं जित हो भने थ्रीस्टारको पाँचौं हार । शनिबार सातदोबाटोको जितमा विलियम ओपोकुले २४ र ४७औं मिनटमा गरेको दुई गोल नै क्लबलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।

यो जितपछि १९ खेलबाट २९ अंक जोडेको सातदोबाटो चौथो स्थानमा छ । र, शिर्ष स्थानको टोली चर्च ब्वाईभन्दा ७ अंकले पछाडी छ । त्यस्तै तेस्रो स्थानको टोली मच्छिन्द्र भन्दा दुई अंकले मात्र पछाडी छ । उता २६ अंकका साथ पाँचौं स्थानमा रहेको थ्रीस्टारको शिर्ष तीनको होड केही कठिन बनेको छ ।

Post Comments