News एसवाई बजार इन्टरकलेज फुटसल हुने
गोलनेपाल

काठमाडौं । एसवाई बजार कम्पनीको आयोजनामा प्रथम इन्टरकलेज फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

विद्यार्थीहरूले आफ्नो पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्ने भएकाले फुटसल प्रतियोगिता आयोजना गर्न लागिएकाे एसवाई बजारका निर्देशक बिमलराज गोसाईले बताए । फुटसल प्रतियोगितामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत कलेज पढ्ने विद्यार्थीहरू सहभागी हुन सक्ने छन् । 

निर्देशक गोसाईका अनुसार फुटसल प्रतियोगिता ललितपुरको राष्ट्रिय खेलकुद केन्द्रमा जेठकाे २८ र २९ गते हुँदैछ । कम्पनीले सो फुटसल प्रतियोगितामा ३२ भन्दा बढी कलेजका विद्यार्थीको टिमको उपस्थिति रहने अपेक्षा राखेको छ ।

सो प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक कलेजले टिमको नाम कम्पनीमा दर्ता गर्नुपर्ने पनि गोसाईले बताए । टिम दर्ता जेठ ११ गते भित्र गरिसक्नु पर्ने छ भने दर्ता शुल्क ५ हजार रुपैयाँ लाग्ने उनकाे भनाइ छ ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख, दाेस्राे हुनेले ५० हजार र तेस्रो हुने समूहले ३५ हजार रुपैयाँ पाउने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
 

 

Post Comments
Advertisement Yamaha Nepal