News उपाधिका लागि आयोजक सैनिक ए र नेक्सस संकटा भिड्ने
गोलनेपाल

काठमाडौं । १९औं सैनिक आवासिय महाविद्यालय रनिङ कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको फाइनलमा आयोजक सैनिक स्कुल (ए) र नेक्सस संकटा इन्टरनेशनल स्कुल भिड्ने भएका छन् ।

सोमबार भएका प्रतियोगिताको दुई कडा प्रतिस्पर्धात्मक सेमिफाइनल खेलहरुमा आ–आफ्नो खेल जित्दै आयोजक स्कुल र नेक्सस संकटा उपाधि नजिक पुगेका हुन् ।

आयोजक सैनिक स्कुलको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा सैनिक आवासिय महाविद्यालयले ल्याबोरेटरी स्कुललाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । त्यस्तै दोस्रो सेमिफाइनलमा नेक्सस संकटाले दावेदार नेपाल एपिएफ स्कुललाई ३–२ ले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

सैनिक आवासिय महाविद्यालयको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल यही जेठ ११ गतेका दिन हुने आयोजकले जानकारी दियो ।

 

Post Comments