News बागमती प्रदेश खेलकुदः ललितपुर र मकवानपुरको जित
गोलनेपाल

हेटौडा । दोस्रो बागमती प्रदेश खेलकुको पुरुष फुटबलतर्फ ललितपुर र मकवानपुरले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो खेलमा ललितपुरले सिन्धुलीलाई टाईब्रेकरमा हराउँदै जित हात पार्न सफल भयो । त्यस्तै अर्को खेलमा मकवानपुरले रसुवामाथि ७–१ को फराकिलो जित निकाल्यो ।

प्रतियोगिता अन्तरगत जेठ ९ गते मंगलबारको पहिलो खेल चितवन र रामेछाप विरुद्ध हुनेछ । त्यस्तै दोस्रो खेलमा काभ्रेपलाञ्चोकले दोलखाको सामना गर्दा तेस्रो खेलमा भक्तपुरले धादिङसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

Post Comments