News
पोखरा वडा कपः १५, ३०, १४ र २७ सेमीफाइनलमा

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा आज क्वाटर फाइनलका खेलहरु सम्पन्न भए संगै सेमीफाइनलमा पुग्ने टिमको टुङो लागेको हो ।
आज भएको पहिलो क्वाटरफाइनलमा वडा नं १५ ले १३ लाई विशाल गुरुङको दुई गोलको मद्धतले ४–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । यस्तै अर्को एक खेलमा वडा नं ३० ले वडा नं ८ लाई ३–२ गोलले पराजित गर्दै सेमीफाइनलमा वडा नं १५ संग आफ्नो भेट पक्का गरेको छ ।
यसै गरी तेश्रो क्वाटरफाइनलमा १४ ले ३२ विरुद्ध २–० गोलले विजयी भएको छ । यस्तै वडा नं २७ ले २४ लाई ४–३ गोलले पराजित गरी सेमीफाइनलमा पुगेको छ । निर्धारित समय ७० मिनेटमा ३–३ गोलको बराबरीमा सकिएको खेलमा थपिएको समयमा सन्देश राज तिमिल्सिनाले गोल गर्दै अन्तिम चारमा आफ्नो टिमलाई पुर्याए ।
बुधबार पहिलो सेमीफाइनल खेलमा वडा नं १५ ले ३० का विरुद्ध खेल्ने छ भने दोश्रो खेल १४ का विरुद्ध २७ का विच हुने प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड