News दोस्रो बागमती प्रदेश खेलकुदः फाइनलमा मकवानपुर र काठमाडौं भिड्ने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । दोस्रो बागमती प्रदेश खेलकुदको पुरुष फुटबलतर्फ सेमिफाइनल भिडन्तमा आ–आफ्नो खेल जित्दै फाइनलमा घरेलु टोली मकवानपुर र काठमाडौं उपाधिका लागि भिड्ने भएका छन् ।

पिप्ले क्याम्पा रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनलतर्फ मकवानपुरले काभ्रेपलाञ्चोकमाथि शून्यका विरुद्ध ३ गोलको प्रभावशाली जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै फाइनल यात्रा तय गर्न सफल भयो ।

बागमती प्रदेशका कुल १३ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही जेठ १३ गते शनिबारका दिन हुने आयोजकले जानकारी दियो ।

Post Comments