News विश्वकप र एसियन कप छनौटका लागि प्रारम्भिक टोलीको घोषणा
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक ए डिभिजन लिगको समापन भए लगतै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालीनले फिफा विश्वकप छनौट र एएफसी एसियन कप छनौटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् । कालीनले शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

स्मरण रहोस, नेपालले छनौट प्रतियोगितातर्फ आगामी महिना चाइनिज ताइपेई र अष्ट्रेलियासँग खेल्देछ । साथै नेपालले जोर्डनसँग पनि खेल्न बाँकी छ । नेपालले २६ मार्चका दिन चाइनिज ताइपेईसँग र ३१ मार्चका दिन अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्ने कार्यक्रम छ । त्यस्तै जोर्डनसँग भने ४ जुनका दिन खेल्ने तय भएको छ ।

यस्तो छ प्रारम्भिक टोलीः

बिकेश कुथु, बिशाल श्रेष्ठ, एलन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, बिकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तन, बिशाल राई बी, शेशेहाङ आङदेम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिचेन तामाङ, पुजन उपरकोटी, एरिक बिष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, भरत खवास, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा, बिमल राना

 

 

Post Comments