News दोस्रो भरतपुर गोल्डकपलाई सिजीको साथ
गोलनेपाल

चितवन । यहि महिनाको अन्तिमतिर हुन गईरहेको दोस्रो भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितालाई चर्चित व्यापारिक प्रतिष्ठान सिटी फुड्सले प्रायोजन गरेको छ ।

त्यसका लागि प्रतियोगिताको आयोजक संस्था एजे इन्टरनेशनल प्रा.लि. र सिजी फुडसबीच सम्झौता कार्यक्रम समेत सम्पन्न भयो । सो कार्यक्रममा एजे इन्टरनेशनलका सिइओ आलोक प्रताप राणा र सिजीको तर्फबाट सहायक प्रबन्धक लाल बाबु प्रसादले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

आयोजक संस्थाका सदस्य तथा भरतपुर एफसीका मुख्य प्रशिक्षक समेत रहेका ध्रुव भुषालका अनुसार सिजीसँग पाँच बर्षका लागि सम्झौता भएको हो । यसपटक प्रतियोगिताको दोस्रो संस्करणको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments