News छैठौं स्व. भुवानी पौडेल स्मृति विद्यालयस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

माडी । ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ इमेज बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा यही जेठ १७ गतेदेखि शुरु हुन गईरहेको छैठौं स्व. भुवानी पौडेल स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

माडी, चितन स्थित बसन्तपुरको खुला चौरमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा जेठ १७ गतेका दिन लक्ष्मी मावि, जगतपुर र खैरहनी मावि, चितवन भिड्ने छन् ।

श्री भुवानी पौडेल स्मृति प्रतिष्ठान मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

दिवाकर स्मृति मावि, माडी–५, चितवन सह–आयोजक रहेको प्रतियोगितामा कुल १५ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका छन् । चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको फाइनल खेल यही जेठ २३ गतेका दिन हुनेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

 

Post Comments