News जापानः पाँचौं युएफएन रनिङ कप हुने
गोलनेपाल

काठमाडौं । नेवारी किचन तथा काल भैरव, जापानको आयोजनामा आगामी जुलाई १६ तारीखका दिन पाँचौं युएफएन कप फुटसल प्रतियोगिता हुने भएको छ ।

शेलम स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको जुलाई ८ तारीखसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४१ हजार जापानी येन तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,५५,५५५ जापानी येन हात पार्नेछ भने उपविजेताले २,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले १,११,१११ येन हात पार्नेछ भने चौथो स्थान हासिल गर्ने टोलीले ५५,५५५ येन प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी गरी चार विधाका खेलाडीहरुलाई पनि जनही १० हजार येनसहित पुरस्कृत गरिने आयोजकले जानकारी दियो ।

Post Comments