News माइभ्याली गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

इलाम । माइभ्याली फुटबल क्लब, इलामको आयोजनामा छैटौं माइभ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

यहि फागुन १५ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा कोहिमा इगल फुटबल क्लब, नागाल्याण्ड र गोर्खा ब्वाईज फुटबल क्लब, रुपन्देही भिड्ने भएका छन् ।

नेपाल र भारतका गरि कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको सबै खेलहरु इलाम स्थित ठूलो टुंडिखेल मैदानमा हुनेछ । प्रतियोगिताको फाइनल खेल भने फागुन २४ गतेका दिन हुनेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

Post Comments