News रिपब्लिक कप फोर नेशन्स सिरिजमा पाकिस्तानको खराब शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । मौरिससमा आइतबारदेखि शुरु चारदेशीय रिपब्लिक कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा १४औं साफ च्याम्पियनसिपको तयारीमा रहेको पाकिस्तानले खराब शुरुवात गरेको छ ।

कोट डि’ओर नेशनल स्पोर्टस कम्प्लेक्समा भएको प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले आयोजक मौरिसससँग ३–० को हार बेहोर्यो । पाकिस्तानले आफ्नो आगामी खेल बुधबार बलियो केन्यासँग खेल्नेछ । प्रतियोगितामा पाकिस्तान, मौरिसस, केन्यासँगै जिबुटी रहेका छन् ।

स्मरण रहोस, नेपालले मौरिसस विरुद्ध गत जनवरी २९ र फेब्रुअरी १ तारीखका दिन दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेलेको थियो । र दुवै खेलमा समान १–० को जित समेत निकालेको थियो ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको पाकिसतान समूह ए मा परेको छ । जहाँ पाकिस्तानले परस्पर प्रतिद्वन्द्वी, आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारतसँगै बलियो कुवेत र नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments