News नाम्जीलाई उल्सान कपको उपाधि
गोलनेपाल

काठमाडौं । उल्सान फुटबल क्लब र हिमालयन फुटबल क्लबको संयुक्त आयोजनामा भएको प्रथम उल्सान कप फुटबल प्रतियोगिताको उपाधि नाम्जि फुटबल क्लबले उचाल्न सफल भएको छ l

दक्षिण कोरियाको उल्सान शहर स्थित फुटबल मैदानम़ा सम्पन्न फाइनलमा नाम्जि फुटबल क्लबले गुन्सान फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजेता बन्न सफल भएको हो । नाम्जीको जितमा रमेश गुरुङ र सन्तोष सेर्माले गोल गरे ।

आयोजक सहित २१ टिमको सहभागिता रहेको प्रतियोगिताम़ा विजेता नाम्जि फुटबल क्लबले नगद 30 लाख वन ट्रफि,मेडल सहित प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता बनेको गुन्सान फुटबल क्लबले नगद 20 लाख वन सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक गुन्सानका सरन खड्का चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार मोक्पो एफसीका अविनाश कार्कीले हात पारे । सर्वोत्कृष्ट खेलाडी भने नाम्जीका खेम मगर घोषित भए । उत्कृष्ट बनेका सबैले जनही १–१ लाख वन हात पारेका थिए ।

 

Post Comments