News तेस्रो रुपन्देही कप हुने
सुरज राना मगर

बुटवल । खेलकुदसँगै अन्य सामाजिक कार्यहरुमा आफूलाई निरन्तर सक्रिय राखेको युवाहरुको समूह फुलबारी गाईज, बुटवलको आयोजनामा यही असार १६ गतेदेखि तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

बुटवल–१७, रानीगंज स्थित स्थानीय खेलमैदानमा शुरु हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको प्रचार प्रसार संयोजक सरोज दर्लामीले बताए । साथै इच्छुक क्लबहरुका लागि असार १४ गतेसम्म टिमदर्ता पनि खुला गरिएको उनले बताए । टिमदर्ता शुल्क भने ५ हजार तोकिएको खेल संयोजक यम सिंजालीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने पनि खेल संयोजक यम सिंजालीले बताए । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक सिंजालीले जानकारी दिए ।

सामाजिक उत्तरदायीत्वका रुपमा क्लबले युवा खेलाडीहरुलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्न तथा खेलकुदमा लाग्दै स्वस्थ्य मनोरञ्जनका लागि यसवर्ष पनि खेलकुदलाई नै निरन्तरता दिइएको आयोजक फुलबारी गाईजका उपाध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । यसअघि फुटसल प्रतियोगिता आयोजना गर्दै आईरहेकोमा यसपटक फुटबललाई लक्षित गरिएको उपाध्यक्ष गुरुङले बताए ।

समाजप्रति सही जिम्मेवार बन्दै क्लबलाई अझै राम्रो बनाउँदै लैजाने र यस्ता खेलकुद र सामाजिक गतिविधीहरुलाई आउने दिनहरुमा पनि निरन्तरता दिने आफूहरुको योजना रहेको उपाध्यक्ष गुरुङले सुनाए ।

Post Comments