News आत्मघाती गोलले रोकियो भारत, कुवेत समूह विजेता
गोलनेपाल

काठमाडौं । बंगबन्धु साफ च्याम्पियनसिपतर्फ समूह ए बाट कुवेत समूह विजेता बनेको छ भने आयोजक तथा साविक विजेता भारत उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न समुह चरणको अन्तिम खेलमा भारतले अन्तिम समय सम्हालिन नसक्दा आत्मघाती गोल खाँदै कुवेतसँग १–१ को बराबरी खेल्न बाध्य बन्यो । श्री कान्तिरभा स्टेडियममा भएको खेलको पहिलो हाफको अतिरिक्त समयमा कप्तान सुनिल क्षेत्रीको गोलबाट भारतले खेलमा अग्रता बनाएको थियो ।

खेल अवधिभर बलमाथि आफ्नो पकड बनाएको भारतले अन्तिमतिर गोल खान पुग्यो । इन्जुरी समयमा भारतका अनवर अलीले आत्मघाती गोल गर्दा कुवेतले खेललाई १–१ को बराबरीमा सम्पन्न गर्न सफल भयो ।

यो नतिजापछि ३ खेलबाट समान ७–७ अंक जोडेका कुवेत र भारत क्रमशः पहिलो र दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरे । भारतले सेमिफाइनलमा समूह बी को विजेता सम्भवत लेबनानसँग खेल्ने सम्भावना बलियो रहेको छ । उता ३ अंक जोडेको नेपाल समूह ए को तेस्रो स्थानमा रहँदा अंकविहीन पाकिस्तान पुछारमा रहँदै प्रतियोगिता समापन गर्न बाध्य बन्यो ।

Post Comments