News गैंडाकोट चितवन च्याम्पियनसिपको फाइनलमा
गोलनेपाल

चितवन । गैंडाकोट फुटबल क्लब जारी छैठौं चितवन च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलतर्फ गैंडाकोटले सेन्ट्रल कलेज रड्स रामपुरलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

जुनियर प्रहरी अधिकृशत शिक्षालयको खेलमैदानमा भएको रोमाञ्चक खेलमा गैंडाकोटका लागि दुवै गोल मेसुकेले गरे । उता पराजित रड्स रामपुरका लागि आशिष गुरुङले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए ।

खेलमा गैंडाकोटका लागि दुई गोल गरेका मेसुके म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असार १४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक एभरेष्ट क्लब र सुर्यपुर एफसीबीच हुने आयोजकले जानकारी दियो ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १६ गतेका दिन हुनेछ ।

Post Comments