माडी । आयोजक बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनमा जारी २७औं माडी गोल्डकप राष्ट्रिय यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनलतर्फ बसन्तपुरले शिवघाट फुटबल क्लबलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा बसन्तपुरका अभिषेक कुमार श्रेष्ठ म्यान अफ दि म्याच बने ।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा वाल्मिकी शिक्षा सदनले माडी–११ फुटबल क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । खेलमा वाल्मिकीका रमेश अधिकारी म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ ६ गते मंगलबार दुई खेलहरु हुनेछन् । दिनको १२ः३० बजे हुने पहिलो खेलमा पटिहानी फुटबल क्लब र रड्स फुटबल क्लब भिड्ने छन् भने २ः३० बजे हुने दोस्रो खेलमा प्याराडाईज युवा क्लब र वाल्मिकी शिक्षा सदन भिड्ने आयोजकले जानकारी दियो ।
बसन्तपुर युनाइटेड क्लब, माडी–३, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।