News सुर्यपुर फाइनलमा, उपाधिका लागि गंैडाकोटसँग भिड्ने
गोलनेपाल

चितवन । संघर्षपुर्ण जितका साथ सुर्यपुर फुटबल क्लब यहाँ जारी छैठौं चितवन च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा सुर्यपुरले आयोजक एभरेष्ट क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सुर्यपुरका लागि विकी राईले गोल गरेका थिए भने एभरेष्टका लागि समिप ढकालले गोल गरेका थिए । टाईब्रेकरमा भने सुर्यपुरले एभरेष्टलाई ४–३ ले निराश पार्दै फाइनल स्थान सुरक्षित गरेको थियो ।

खेलमा सुर्यपुरका कुलदिप कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । सुर्यपुरले अब असार १६ गते हुने फाइनलमा गैंडाकोट एफसीसँग उपाधिका लागि भिड्नेछ ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments