News डुरान्ड कपमा नेपाली क्लबले पनि खेल्ने
गोलनेपाल

काठमाडौं । एसिया कै सबैभन्दा पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कपको १३२औं संस्करणमा नेपाली क्लबले पनि सहभागिता जनाउने भएको छ । आउँदो अगस्त ३ देखि सेप्टेम्बर ३ तारीखसम्म भारतको कोलकातामा हुन गईरहेको प्रतियोगितामा नेपाली क्लबले पनि सहभागिता जनाउने भएको हो ।

यो कुराको पुष्टी विभिन्न भारतीय सञ्चारमाध्यमहरुले पनि गरेका छन् । रिपोर्टअनुसार प्रतियोगितामा २७ वर्षपछि विदेशी क्लबहरुले सहभागिता जनाउन लागेका हुन् । प्रतियोगितामा नेपालको कुन क्लबले सहभागिता जनाउने हो, त्यसबारे भने अहिले जानकारी गराइएको छैन । यद्यपि प्रतियोगितामा नेपाल बाहेक भुटान र बंगलादेशको क्लबहरुले पनि सहभागिता जनाउने छन् ।

त्यसबाहेक प्रतियोगितामा इण्डियन सुपर लिग, आई लिग र अन्य स्टेट लिग खेल्ने क्लबहरु गरी कुल २४ टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगिताको गत संस्करण सुपर लिग क्लब बैंगलुरुले जितेको थियो । फाइनलमा बैंगलुरुले अर्को सुपर लिग क्लब मुम्बई सिटीलाई २–१ ले हराउँदै पहिलोपटक उपाधि जित्न सफल भएको थियो ।

डुरान्ड फुटबल टुर्नामेन्ट सोसाईटी र अल इण्डिया फुटबल फेडरेशनको संयुक्त आयोजनामा हुने प्रतियोगिताको संस्करण सन् १८८८ मा शुरु भएको थियो ।

Post Comments