News नेपाललाई साफको फेयर प्ले अवार्ड
गोलनेपाल

काठमाडौं । मंगलबार सम्पन्न प्रतिष्ठित बंगबन्धु साफ च्याम्पियनसिपमा नेपालले फेयर प्ले अवार्ड हात पारेका छ । प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको नेपालले समूह चरणतर्फ कुवेत र भारतसँग क्रमशः ३–१ र २–० को हार बेहोरेको थियो भने पाकिस्तानलाई १–० ले हराएको थियो ।

व्यक्तिगत विधातर्फ भारतका कप्तान सुनिल क्षेत्रीले सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीको पुरस्कार वापत गोल्डेन बुट र गोल्डेन बल हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक बनेका बंगलादेशका अनिसुर रहमान जिकोले गोल्डेन ग्लोब अवार्ड हात पारे ।

स्मरण रहोस, मंगलबार अबेर राती भएको फाइनल भिडन्तमा भारतले कुवेतलाई सडन डेथमा ५–४ ले हराउँदै उपाधि जित्न सफल भएको थियो । त्यसअघि निर्धारित समय र थपिएको अतिरिक्त समयसम्म दुवै टोलीले रोमाञ्चक १–१ गोलको बराबरी खेलेको थियो ।

भारतले समग्रमा साफ च्याम्पियनसिपको उपाधि किर्तिमानी नवौंपटक जित्न सफल भयो । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत थियो ।

Post Comments