News लिग च्याम्पियन कमललाई नयाँ जिम्मेवारी
गोलनेपाल

काठमाडौं। राष्ट्रिय फुटबल खेलाडी कमल श्रेष्ठलाई अन्नपुर्ण नेशनल कलेज, चावहिलले आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

रक्षापंक्तिका राम्रा र अनुभवी खेलाडी श्रेष्ठले घरेलु फुटबलमा पनि राम्रो छाप छोडिसकेका छन् । श्रेष्ठसँगको सहकार्यले संस्थाको शैक्षिक प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास कलेजले लिएको छ ।

अन्नपुर्ण कलेज र कमलबीच भएको सम्झौता अवधी र अन्य कुराबारे भने विस्तृत रुपमा खुलाइएको छैन । यद्यपि यो सहकार्यले दुवै पक्षलाई फाईदा पुग्ने अपेक्षा पनि गरिएको छ ।

नेपालको राष्ट्रिय टोलीदेखि क्लब फुटबलमा समेत सफल कमलले चर्च ब्वाईज युनाइटेडबाट खेल्दै यर्सै सिजन सम्पन्न शहिद स्मारक ए डिभिजन लिगको उपाधि समेत जितेका थिए ।

Post Comments