News पाकिस्तानले सिंगापुरसँग खेल्ने
गोलनेपाल

काठमाडौं । पाकिस्तानको राष्ट्रिय महिला फुटबल टोलीले फिफा विन्डोतर्फ यसै महिना सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने भएको छ । पाकिस्तान फुटबल फेडरेशनले पनि यो कुराको आधिकारिक रुपमा पुष्टी गरेको छ ।

रिपोर्टअनुसार पाकिस्तानले १५ र १८ जुलाईका दिन सिंगापुरसँग उसकै घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्नेछ । फिफा वरियतामा हाल पाकिस्तान १५७औं स्थानमा छ भने सिंगापुर १३१औं स्थानमा रहेको छ ।

स्मरण रहोस, पाकिस्तानले गत अप्रिलमा ओलम्पिक छनौट खेले यता अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाएको छैन । ताजिकिस्तानमा भएको ओलम्पिक छनौटतर्फ पाकिस्तानले फिलिपिन्स, हङकङ र आयोजक ताजिकिस्तानसँग क्रमश्ः ४–०, २–० र १–० को हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको थियो ।

नेपालले पनि फिफा विन्डो अन्तरगत यही जुलाई १२ र १५ तारीखका दिन अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ ।

Post Comments