News तेस्रो मनसुन कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

इटहरी । शान्तिनगर एफसी, इटहरी, सुनसरीको आयोजनामा यही असार ३० गतेदेखि शुरु हुन गईरहेको तेस्रो मनसुन कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड क्लब अफ तरहरा र तालतलैया एफएबीच हुने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

कुल १२ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल आउँदो साउन ११ गतेका दिन हुनेछ ।

Post Comments