News ३९ वर्षपछि इङल्याण्डलाई उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जर्जियामा सम्पन्न युइएफए यु–२१ युरो च्याम्पियनसिपको उपाधि तेस्रोपटक इङल्याण्डले जितेको छ । इङल्याण्डले ३९ वर्षपछि यो उपाधि जितेको हो । यसअघि इङलिसले टोली सन् १९८४ मो अन्तिमपटक यो उपाधि जितेको थियो ।

जर्जियन शहर बातुमीमा भएको फाइनल भिडन्तमा इङल्याण्डले पाँच पल्टको विजेता स्पेनलाई १–० ले हरायो । पहिलो हाफ कै अतिरिक्त समयमा लिभरपुल स्टार कर्टिस जोन्सले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

खेलको अन्तिमतिर स्पेनलाई बराबरी गर्ने सुनौलो मौका पनि थियो । आबेल रुइजको पेनाल्टी प्रहार जेम्स ट्राफोर्डले जोगाउँदै इङल्याण्डलाई ऐतिहासिक उपाधि जिताउन नायकीय भूमिका खेलेका थिए ।

प्रतियोगिता भरि इङल्याण्डको प्रदर्शन शानदार रह्यो । र समूह चरणदेखि फाइनलसम्म खेलेको कुल ६ खेलहरुमा इङल्याण्डले एउटै गोल नखाई क्लिन शिटका साथ उपाधि उचाल्न सफल भयो ।

Post Comments