News क्लब संघको अध्यक्षमा कर्मा
गोलनेपाल

काठमाडौं । नेपाल फुटबल क्लब संघको अध्यक्षमा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पा चयन भएका छन् । शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष समेत हुन् । ए, बी र सी डिभिजन लिग खेल्ने ४२ मध्ये ३२ क्लबहरुको भेलाले शेर्पालाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा मनाङ मस्र्याङ्दी क्लबका विजय घले चुनिएका छन् भने महासचिवमा मध्यपुर युथ एसोसिएशनका उपेन्द्र मान सिंह चयन भएका छन् । सचिवमा सानेपा क्लबका ध्रुव विक्रम पाण्डे छन् भने कोषाध्यक्षमा एसएस स्पोर्टस साँगाका मनोरथ आचार्य चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा संकटा क्लबका इन्द्रमान तुलाधर, फ्रेण्डस क्लबका विश्वास विक्रम शाह, सातदोबाटो युथ क्लबका कपिल राना, एनआरटीका दिकेन सुवाल, नयाँ वस्ती युवा क्लबका रामकुमार तामाङ, सरस्वती युथ क्लबका शिक्षित पराजुली र मनोहरा युनाइटेडका दिपक ज्ञवाली रहेका छन् ।

अध्यक्ष पदमा चयन भएका कर्माले फुटबल क्लब संघको फरक नेतृत्वमा उत्रिए पनि आफू सधै फुटबल विकास कै पक्षमा लागेर काम गर्ने बताए । साथै छिटै आफूहरुको कार्य योजना पनि सार्वजनिक गर्ने घोषणा गरे ।

 

Post Comments