News हिमालयनलाई गुर्खा कपको उपाधि
गोलनेपाल

काठमाडौं । गुर्खा एफसी, टुर्कु, फिनल्याण्डको आयोजनामा सम्पन्न गुर्खा कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक हिमालयन स्पोर्टस क्लबले जितेको छ ।

फाइनलमा आयोजक गुर्खा फुटबल क्लबलाई २–१ ले हराउँदै हिमालयन च्याम्पियन बनेको हो । विजेता र उपविजेता बनेका दुवै टोलीहरुले नगद र ट्रफीसहितको पुरस्कार हात पारे ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ हिमालयनका सन्दिप अधिकारी उत्कृष्ट डिफेन्डर, सागर न्यौपाने उत्कृष्ट फरवार्ड तथा ऋतिक खड्का इमर्जिङ प्लेयर चुनिए ।

प्रतियोगितामा फिनल्याण्डमा रहेका कुल ११ नेपाली समुदायका टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments