
मकवानपुर । संघर्षपुर्ण जितका साथ संकटा क्लब जारी तेस्रो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फापरबारी स्थित जनता माविको खेलमैदानमा बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा संकटाले बिरगंज युनाइटेडलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
खेलको छैटौं मिनटमै मेसुकेको गोलबाट संकटाले खेलमा शुरुवाती अग्रता बनाएको थियो । यद्यपि त्यसलगतै १२औं मिनटमा कृपा चौधरीले बिरगंजका लागि बराबरी गोल फर्काएका थिए । त्यस्तै पहिलो हाफ कै इन्जुरी समयमा बिबेक चौधरीले गोल गर्दै खेलमा बिरगंजलाई दोस्रो हाफसम्म अग्रता दिलाएका थिए ।
तर उता ६८औं मिनटमा रोमन लिम्बुले संकटाका लागि दोस्रो बराबरी गोल गर्दा ७४औं मिनटमा राजेन्द्र रावलले गोल गर्दै संकटाको अग्रता ३–२ पुर्याएका थिए । तर पनि संकटाले त्यो अग्रता जोगाउन सकेन । उता ८८औं मिनटमा कृपा चौधरीले व्यक्तिगत दोस्रो तथा बिरगंजका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ को रोमाञ्चक बराबरीमा ल्याई पुर्याएका थिए ।
खेलमा दुई गोल गरेका बिरगंजका कृपा चौधरी नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । संकटाले अब सेमिफानलमा फागुन १० गते शनिबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
प्रतियोगिता अन्तरगत फागुन ९ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जनाएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन १२ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा