News पुलिस राइनो गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

नवलपुर । विभागीय टोली नेपाल पुलिस क्लब जारी पाँचौ. राइनो संरक्षण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ पुलिसले सेन्ट्रल कलेज भरतपुर एफसीलाई ३–१ ले हराउँदै अन्तिम आठको यात्रा पक्का गर्यो । खेलको २८औं मिनटमा बुद्ध बल तामाङको गोलबाट पुलिसले खेलमा अग्रता बनाएको थियो ।

यद्यपि ३७औं मिनटमा रुमेश बर्तौला क्षेत्रीले भरतपुरका लागि बराबरी गोल फर्काएका थिए । तर ४८औं मिनटमा सौजन याक्खालाई पुलिसका लागि दोस्रो गोल गरे भने ८२औं मिनटमा बुद्धि बल तामाङले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पुलिसको जित पक्का गरेका थिए । बिहीबारको खेलमा पुलिसका तेज तामाङ म्यान अफ द म्याच घोषित भए ।

राइनो क्लब, मध्यविन्दु–४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन १४ गतेका दिन हुनेछ ।

 

Post Comments