News डिफेन्डिङ च्याम्पियन अमेरिकाको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उपाधि रक्षासहित किर्तिमानी पाँचौं उपाधि जित्ने अभियानमा रहेको डिफेन्डिङ च्याम्पियन अमेरिकाले फिफा महिला विश्वकपमा उत्कृष्ट जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

समूह ई मा रहेको अमेरिकाले विजयी शुरुवात गर्ने क्रममा पहिलोपटक विश्वकपमा सहभागिता जनाईरहेको एसियाली राष्ट्र भियतनामलाई ३–० ले हरायो । न्युजिल्याण्डको अकल्याण्ड स्थित इडन पार्कमा भएको खेलमा अमेरिका लागि सोफिया स्मिथले दुई गोल गरिन् भने लिन्ड्से होरानले थप एक गोल गरेकी थिईन् ।

समूह चरण अन्तरगत आफ्नो दोस्रो खेलमा अमेरिकाले २७ जुलाईका दिन नेदरल्याण्डससँग खेल्नेछ भने सोही दिन भियतनामले पोर्चुगलको सामना गर्नेछ । स्मरण रहोस, समूह ई तर्फको दोस्रो खेलमा आइतबार पोर्चुगल र नेदरल्याण्डस भिड्ने छन् ।

Post Comments